सरकारले समयमै काम सम्पन्न नगर्ने ३९ निर्माण कम्पनीलाई सोध्यो स्पष्टीकरण

डिसी नेपाल
१६ चैत २०७८ १०:४७
36
Shares

काठमाडौँ। नेपाल सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सन्तोषजनक काम नगर्ने निर्माण व्यवसायी तथा निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ । बुधबार एक सूचना जारी गर्दै सडक डिभिजन भरतपुर चितवनको कार्यालयले काम सम्पन्न नगर्ने ३९ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको हो ।

कार्यालयद्वारा आज जारी सूचनामा यस कार्यालयको विभिन्न ठेक्काहरु अर्न्तगत सडक पुल निर्माण सुधार कार्यको प्रगति सन्तोषजनक नरहेको तथा लामो समय व्यतित हुँदा पनि कार्य प्रगति सुधार नभएको सन्दर्भमा पटक पटक मौखिक जानकारी गराउँदा  समेत निर्माण कार्य सम्पन्न गर्ने/गराउने तर्फ अग्रसर भएको नदेखिएको हुँदा विश्वसनीय स्पष्टीकरण सहित यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र नयाँ कार्यतालिका सहित उपस्थित भइ कार्य सम्पादन गर्ने सुनिश्चिततार विश्वसनीय आधारसहितको संसोधित निर्माण कार्य सम्पन्न हुने कार्य तालिका पेश गर्न जानकारी गराइन्छ, अन्यथा प्रचलित कानुन एवं ठेक्का सम्झौताका शर्तहरु वमोजिम कारवाही प्रकृया अगाडी वढाइने व्यहोरा उल्लेख छ।

यी हुन् स्पष्टीकरण सोधिएका कम्पनीहरु




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.