बुधबार ४ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
१६ चैत २०७८ ११:२१
224
Shares

काठमाडौँ।  साताको कारोबारको चौथौ दिन बुधबार सुनको मूल्य घटेको छ।  बुधबार छापावाला सुन प्रति तोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला ९८ हजार ८ सय रुपैयाँ रहेको पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको भाउ तोलाको ९८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँ निर्धारण भएको छ। मंगलबार चाँदी प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.