दुई कम्पनीको सेयर भाउमा लाग्यो सर्किट

डिसी नेपाल
१६ चैत २०७८ १२:२२
264
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबारको कारोबारमा इमर्जिङ्ग नेपाल र राष्ट्रिय उत्थान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

इमर्जिङ्ग नेपालको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने राष्ट्रिय उत्थान लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

इमर्जिङ्ग नेपालको शेयर मूल्य १ रुपैयाँ २० पैसाले बढेर प्रतिकित्ता १ हजार १ सय १३ रुपैयाँ ५० पैसा पुगेको छ । यस्तै, राष्ट्रिय उत्थान लघुवित्तको शेयरमूल्य प्रतिकित्ता १ सय ९ रुपैयाँले बढेर १ हजार १ सय ९९ रुपैयाँ ६० पैसा पुगेको छ।

यी दुवै कम्पनीको सेयर खरिद माग अत्याधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.