बिहिबार पनि घट्यो डलरको भाउ, हेर्नुहोस् यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१७ चैत २०७८ ८:५३
512
Shares

काठमाडौं। बिहिबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्री दर १२१ रुपैयाँ ७६ पैसा कायम गरेको छ। बुधबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २८ पैसा र बिक्री दर १२१ रुपैयाँ ८८ पैसा कायम गरेको थियो।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ८९ पैसा र बिक्री दर १३५ रुपैयाँ ५६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ३१ पैसा र बिक्री दर १६० रुपैयाँ १० पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ८३ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ०२ पैसा र बिक्री दर ९१ रुपैयाँ ४७ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ५४ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०७ पैसा र बिक्री दर १९ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ २९ पैसा र बिक्री दर ३२ रुपैयाँ ४५ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १६ पैसा र बिक्री दर ३३ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०१ पैसा र बिक्री दर १० रुपैयाँ ०६ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.