सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
१७ चैत २०७८ १०:५०
532
Shares

काठमाडौँ।  साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य बढेको छ।  बिहिबार छापावाला सुन प्रति तोला ९८ हजार ९ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ९८ हजार ९ सय रुपैयाँ रहेको पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँ निर्धारण भएको छ। बुधबार चाँदी प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.