दुई अर्ब बराबरको नागरिक बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं। नेपाल राष्ट्र बैंकले दुई अर्ब रूपैयाँ बराबरको नागरिक बचत पत्र २०८३ ‘क’ बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले बचतपत्र पाँच वर्षे अवधिको लागि वार्षिक १० प्रतिशत ब्याज दिने गरी बचत पत्र बिक्री गर्न लागेको हो।
लगानीकर्ताले घटीमा १० हजार र बढीमा कूल निष्कासित रकमको सीमा नबढाई १० हजार रूपैयाँले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको जनाएको छ। ब्याजको भुक्तानी ६ र ६ महिनामा हुनेछ।
बैंकका अनुसार उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ।
चैत ११ गतेदेखि २० चैतनसम्म बिक्री गरिने उक्त बचतपत्रको अन्तिम निष्काशन मिति भने चैत ३० गते तोकिएको छ। नेपाल राष्ट्र बैंकका उपत्यकाका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन्।







डिसी नेपाल








Facebook Comment