नेप्से परिसूचक २३.९५ अंकले घट्दा कारोबार रकम समेत खुम्चियो
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ । बिहिबार नेप्से परिसूचक २३.९५ अङ्कले घटेर २ हजार ५४४.३० विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ८९ करोड १ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा इमर्जिङ्ग नेपाल अग्रस्थानमा रहेको छ । यस कम्पनीको ९ करोड २३ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार २ सय २४ रुपैयाँ ८० पैसा कायम भएको छ । त्यसपछि क्रमश : एभरेष्ट इन्स्योरेन्स कम्पनी र नागरिक लगानी कोषको कारोबार भएको छ ।
बिहीबारको सेयर बजारमा तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर बजारमा सूचीकृत भएसँगै सकारात्मक सर्किट लागेका इमर्जिँग नेपाल कम्पनी लिमिटेड, राष्ट्र उत्थान लघुवित्त संस्था नेस्टो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज १० प्रतिशत बढेर सर्किट लागेको हो ।
यि कम्पनीका लगानीकर्ताले अधिक कमाएका छन्। यस्तै, नारायण डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावर र युनियन हाइड्रोपावरका लगानी कर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment