कामना सेवा विकास बैंकको १४ हजार १२ कित्ता संस्थापक सेयर विक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंकले १४ हजार १२ कित्ता संस्थापक सेयर विक्री गर्ने भएको छ । कमपनीले शुक्रवार एक सूचना जारी गर्दै उक्त सेयर व्यक्ति तथा संस्थालाई बिक्री गर्ने भएको हो।
गत फागुन १३ गते कम्पनीका संस्थापक शेयरधनी दिपकलाल बटाजुको नाममा रहेको १४ हजार १२ कित्ता सेयर विक्री गर्ने ३५ दिने सूचना जारी गरेको थियो। उक्त समयमा सेयर खरीद गर्न कुनै पनि संस्थापकहरुबाट निवेदन नआएकाले कम्पनीले अन्य व्यक्ति वा संस्थामा उक्त सेयर विक्री गर्ने भएको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक व्यक्ति र संस्थाले यो सूचना प्रकाशित गरेको आजको मितिले १५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment