प्युठानमा बसको ठक्करबाट बालकको मृत्यु

डिसी नेपाल
१८ चैत २०७८ १५:३४
68
Shares

प्युठान। प्युठानको नौबहिनी गाउँपालिका–४ मा शुक्रबार बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टुकमान पुनका ८ वर्षीय छोरा सरोज रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा  मृत्यु भएको हो ।

लु १ ख ७०२१ नम्बरको बसले बाटोमा हिडीरहेका बालकलाई आज बिहान साढे ८ बजे ठक्कर दिएको हो । बस सहित चालकलाई इलाका प्रहरी कार्यालय बिजुवारले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.