सुनको मुल्यमा गिरावट, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२० चैत २०७८ ११:४४
276
Shares

काठमाडौँ।  नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार छापावाला सुन प्रति तोला ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला ९९ हजार ३ सय रुपैयाँ रहेको पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको चाँदीको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.