तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, कुनको मूल्य कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तीन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ। आइतबारको कारोबार सुरु भएको १ घण्टा नबित्दै तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
आइतबारको कारोबारमा राष्ट्रिय उत्थान लघुवित्त वित्तीय संस्था, इमर्जिङ्ग नेपाल र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा सर्किट लागेको हो। राष्ट्रिय उत्थान लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने इमर्जिङ्ग नेपाल र नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।
राष्ट्रिय उत्थान लघुवित्तको सेयर भाउ १ सय ३१ रुपैयाँ ९० पैसाले बढेर १ हजार ४ सय ५१ रुपैयाँ ४० पैसा पुगेको छ। यस्तै, इमर्जिङ्ग नेपालको सेयर भाउ १ सय २२ रुपैयाँ ४० पैसाले बढेर १ हजार ३ सय ४७ रुपैयाँ २० पैसा र नेष्डो समृद्ध लघुवित्तको सेयर भाउ १ सय ५ रुपैयाँ ५० पैसाले बढेर १ हजार १ सय ६१ रुपैयाँ २० पैसा पुगेको छ।







डिसी नेपाल








Facebook Comment