लगानीकर्ता संघ र अनलाइन सेक्युरिटीजको आयोजनामा साक्षात्कार कार्यक्रम
काठमाडौं। नेपाल पूँजीबजार लगानीकर्ता संघ र अनलाइन सेक्युरिटीजको आयोजनामा महोत्तरीको बर्दिबासमा साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा अनलाइन सेक्युरिटीज ब्रोकर नम्बर ४९ स्थापना गरिएको छ।
सेयर बजारको विकास र साना लगानीकर्ताको हितमा सदैव काम गरिरहने सशक्त संगठन, पूँजी बजारको हकहितलाई लिएर सदा प्रपत्नशील रहँदै आएकी एनपीएलकी अध्यक्ष राधा पोखरेलले आगामी दिनमा सातै प्रदेश र सतहत्तर जिल्लामा कार्यक्रम लैजाने बताइन्।
लगानीकर्ता साक्षरताको कार्यक्रमलाई लिएर अगाडि बढ्ने योजना अनुरुप प्रादेशिक स्तरमा रहेका लगानीकर्तालाई साक्षरता प्रदान गर्दै धेरै भन्दा धेरै लगानीकर्तालाई पूँजी बजारमा भित्र्याउने अवधारणालाई अगाडि बढाउँदै आएको उनको भनाइ छ । आफ्नो जन्मस्थान बर्दिबासमा सेयर बजारको साक्षरता गर्ने सपना उद्देश्य लामो समयपछि सफल भएको उनले दाबीसमेत गरिन्।
पूँजीबजारलाई राजधानी खाल्टो र देशका प्रमुख सहरहरुमा मात्र सीमित नभई देशको हरेक कुना कुनामा रहेका लगानिकर्ताको पहुँचमा पुर्याउन आ –आफ्नो ठाँउबाट सक्दो साथ र सहयोग दिदैं सधैँ अग्रसर रहने एनपीएलकी अध्यक्ष पोखरेल बताउँछिन् । पूँजीबजारमा भएका विविध समस्याहरुमा समाधानका लागि सदैव एक कदम अगाडि रहने उनले उक्त कार्यमा साथ दिने अनलाइन सेक्युटरिज लगायत सबैमा आभार प्रकट गरेकी छिन् ।







डिसी नेपाल








Facebook Comment