महोत्तरीमा २४ सय ७६ म्यादी प्रहरी भर्ना

डिसी नेपाल
२५ चैत २०७८ २१:१५
68
Shares

महोत्तरी । आसन्न स्थानीय तहको निर्वाचनको लागी महोत्तरीमा २४ सय ७६ जना म्यादी प्रहरी छनोट गरिएको छ ।

८ हजार ५५ जनाले दिएको आवेदन मध्य २४ सय ७६ जनालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कूल आवेदन मध्य ८ सय जना महिला र बाँकी पुरुषले आवेदन दिएका थिए । ८ सय जना महिलाहरूको आवेदनमा ४ सय ९८ जना महिलालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

मापदण्डअनुसार छनोट भएका १९ सय ७८ जना पुरुष र ४ सय ९८ जना महिलाहरूलाई भोलिबाट तालिममा सहभागी गराउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.