सडक दुर्घटनामा ज्यान गुमाएका परिवारले दोषीमाथि कडा कारवाहीको माग गर्दै बीपीचोकमा प्रदर्शन

डिसी नेपाल
१ वैशाख २०७९ १५:०२
204
Shares

नेपालगन्ज। नेपालगन्जको सुर्खेतरोडमा गत सोमबार राति कारको ठक्करबाट तीन जनाको मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयबासीले बीपीचोकमा टायर बालेर प्रदर्शन गरेका छन्।

प्रदेश ३– ०१ – २३ च ८४८१ नम्बरको कारले नेपालगन्जको बीपीचोक र धम्बोझी चोकको बीचमा ठक्कर दिंदा ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको थियो ।

कारले ठक्कर दिए लगत्तै घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले नजिकैको नर्सिङहोममा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेको कार र चालक इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

पीडक चालक प्रहरी अनुसन्धानमा रहे पनि उसमाथि कडा कारवाही र क्षतीपुर्ति माग्दै पीडितका घर परिवारको संलग्नतामा टायर बालेर प्रदर्सन गरेका हुन् ।

जिल्ला प्रहरी बाँकेका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले घटनामा संलग्न रहेको चालक र गाडि प्रहरी नियन्त्रणमा रहेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको बताए । उनले भने–‘ कानूनी प्रकृया अघि बढेको छ । पीडकमाथि कारवाहीको प्रकृया अघि बढी सक्यो अनावश्यक बाटो अबरोध गरेर कुनै समाधान निस्कदैन ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.