कस्ताे छ आज र भाेलिकाे माैसम ?
काठमाडाैं। हाल नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बिहान पहाडी भूभागमा आंशिक बदली छ। दिउँसो पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। शनिबार पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएकाे छ। राति प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment