निर्वाचन सर्दैन, ३० वैशाखमै हुन्छ : प्रचण्ड

डिसी नेपाल
५ वैशाख २०७९ १३:५५
48
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन मिति कुनै पनि हालत नसर्ने बताएका छन्। पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले चुनाव सर्ने हल्ला फैलिरहेको भन्दै तोकिएकै मितिमा चुनाव हुने प्रष्ट पारे।

‘निर्वाच सर्दैन्। ३० वैशाखमै निर्वाचन हुन्छ। गठबन्धनमा आबद्ध दलहरू निर्वाचनको तयारीमा केन्द्रित भएर लागेका छौं। आम मतदातालाई म आ-आफ्नो ठाउँबाट निर्वाचनमा सहयोग गर्न आग्रह गर्दछु,’ प्रचण्डले भने।

निर्वाचनको मिति सर्ने खेलमा पाँच दलीय गठबन्धन नै लागेको भन्दै हल्ला फैलाइएको भन्दै उनले कुनै पनि हालतमा निर्वाचन नसर्ने प्रष्ट पारे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.