४१.७७ अङ्कले घट्यो नेप्से, परिसूचक २३४३.८७ विन्दुमा
काठमाडौं । साताको कारोबार दोस्रो दिन सेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक ४१.७७ अङ्कले घटेर २ हजार ३४३.८७ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको ३८ लाख ७६ हजार ३०२ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ५३ करोड ६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । यस कम्पनीको ४ करोड ९६ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ९ सय ५६ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : हिमालयन डिस्टिलरी र महालक्ष्मी विकास बैंकको कारोबार भएको छ ।
सोमबारको कारोबारमा १३ वटै उपसूचक घटेका छन्। आज नेप्सेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले अधिक कमाएका छन् भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment