कविता : हे युवा हे युवती चुनाव आयो
हे युवा हे युवती
चुनाव आयो अघि बढ
देश र जनताको काम गर्दै
मेहनतले सगरमाथा चढ
त्यसो भए युवा युवतीको
अब पालो आउँछ नै
चुनावले नयाँ भिजन
हुनेलाई ल्याउँछ नै
पुरानाले धेरै पटक
देशको शासन चलाइसके
रूँदै विदेश लाग्नेले ज्यान
जोतिँदै घाममा डढाइसके
नयाँ विचार नयाँ उत्साह
देशको निम्ति खाँचो छ
देशमै बनाउ देशकै किन
देशमै विकाशको साँचो छ
देशमै काम देशमै माम
सारा नेपालीको चाहना हो
दिन प्रतिदिन देशलाई उठाउने
छोराछोरी नै देशको गहना हो
युवा युवतीले सुकार्य गरेर
कुकार्य गर्नेलाई हराउलान्
चोखो मन शुद्ध विचारलाई
जनताको भोटले जिताउलान्
धेरै चोटी मौका पाउनेले
आराम पनि त गर्नुपर्ला
नयाँ पिँढीको उर्जालाई
देश भरी नै छर्नुपर्ला
हे युवा हे युवती
चुनाव आयो अघि बढ
देश र जनताको काम गर्दै
मेहनतले सगरमाथा चढ
लस एन्जेलस
No ads found for this position




Facebook Comment