सत्ता गठबन्धनमा भएन सहमति, भोलि फेरि बैठक
काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएको छ। सोमबार बिहान १० बजेदेखि दिनभरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न भने सकेन।
महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक दुई चरणमा बसेको थियो । नेताहरुले बैठक सहमतिनजिक पुगेको दाबी गरेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सोमबारको बैठकबाट कुनै सहमति निस्कन नसकेको र मंगलबार फेरि बैठक बस्ने सहमति भएको जानकारी दिए।
बैठक भोलि बिहान ११ बजे बस्ने गरी सकिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment