कर्णाली गठबन्धनको सकसः सहमति गर्न एक दिन समय

डिसी नेपाल
५ वैशाख २०७९ १९:४६
84
Shares

सुर्खेत । स्थानी तह निर्वाचनमा तालमेल गर्नेबारे केन्द्रमा सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटिरहेको बेला कर्णाली प्रदेशमा भएको छलफल पनि निष्कर्षमा पुग्न सकेको छैन। गठबन्धन भित्र रहेका दलहरुबीच भएको छलफलबाट निकास नभएपछि मंगलबार बेलुकी सम्ममा सहमति गर्ने भन्दै आज बैठक सकिएको छ।

कर्णालीमा सत्ता गठबन्धनबीच तालमेलमा समस्या देखिएका जिल्लाहरुमा मंगलबार साँझसम्म सहमति गरेर प्रदेशमा पठाउन आग्रह गरिएको छ। सल्यान ,डोल्पा र मुगु जिल्लामा गठबन्धन भित्र सहमति हुन सकेको छैन। गठबन्धन भित्रका सबै दलले जिल्ला स्थित कार्यालयलाई सहमति गरेर जानकारी पठाउन आग्रह गदै एक दिन समय दिएको बताएका छन्।

सोमबारको बैठकमा प्रदेश अध्यक्षका अलवा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, एकीकृत समाजवादीका उपमहासचिव एवं प्रदेश इञ्चार्ज प्रकाश ज्वाला, माओवादी केद्रका इञ्चार्ज कालीबहादुर मल्लको पनि सहभागिता रहेको थियो।

एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अमरबहादुर थापाले गठबन्धनलाई सफल बनाउन लचकताका साथ लाग्नुपर्ने बताए। सबैले केन्द्रमै पर्ख र हेरको नीति लिएका छन्। यहाँबाट सहमति नगरेपनि केन्द्रबाट भाग बण्डा गरेर पठाउने संकेत पाएपछि जिल्ला र प्रदेशमा दबाब परेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.