नबिल बैंकको तेश्रो त्रैमास : खुद नाफासंगै घट्यो प्रतिशेयर आम्दानी
काठमाडौं। नबिल बैंकले आर्थिक वर्ष २०७८/७९ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकले ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ८.९९ प्रतिशतले कम हो। गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी २९.३० प्रतिशतले बढेर ६ अर्ब ५९ करोड रुपैयाँ नाघेको छ। यता, सञ्चालन नाफा भने ८.७५ प्रतिशतले घटेको छ। सञ्चालन नाफा ५ अर्व २४ करोड ८ लाख रुपैयाँबाट घटेर ४ अर्ब ७८ करोड २४ लाख रुपैयाँमा सिमित भएको छ।
चैतमसान्त सम्ममामा बैंकको निक्षेप ४.८१ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १२.१० प्रतिशतले बढेको छ। हाल चुक्ता पूँजी ३३.६० प्रतिशतले बढेर १८ अर्व ४९ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष १६.५६ प्रतिशत घटेर १६ अर्व ६९ करोड ९३ लाख रुपैयाँमा सिमित भएको छ।
खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर म्दानी १२ रुपैयाँ ४७ पैसा घटेर २४ रुपैयाँ १६ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.८२ गुणा रहेको छ।







डिसी नेपाल








Facebook Comment