दिल्ली क्यापिटल्सका ५ जना कोरोना संक्रमित भएपछि बीसीसीआईले गर्यो महत्वपूर्ण परिवर्तन
काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अप्रिल २० मा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीचको खेल पुणेबाट मुम्बईमा सारेको छ। दिल्ली क्यापिटल्सको टोलीमा पाँच जनामा कोरोना संक्रमण देखिएपछि खेलको स्थान परिवर्तन गरिएको बीसीसीआईले जनाएको छ ।
बसको लामो यात्रामा कुनै दुर्घटना हुन नदिन खेलको स्थान परिवर्तन गरिएको बोर्डले जनाएको छ । दिल्ली क्यापिटल्सको शिविरमा कोभिड पोजिटिभ भेटिएका पाँच जना फिजियोथेरापिस्ट पेट्रिक फरहत, स्पोर्ट मसाज थेरापिस्ट चेतन कुमार, खेलाडी मिचेल मार्श, टिमका डाक्टर अभिजीत साल्वी र सोशल मिडिया कन्टेन्ट टिमका सदस्यआकाश माने हुन् ।
उनीहरु सबैलाई आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण भइरहेको छ । संक्रमण सुरु भएको छैटौं वा सातौं दिनमा पुनः परीक्षण गरिने बोर्डले जनाएको छ । बोर्डले यो पनि बताएको छ कि अप्रिल १६ देखि दिल्ली क्यापिटल्सको सम्पूर्ण टोलीको हरेक दिन कोरोना परीक्षण हुन्छ।







डिसी नेपाल







Facebook Comment