मैत्रीपूर्ण फुटबलमा सेनासँग पत्रकारको टिम पराजित

डिसी नेपाल
६ वैशाख २०७९ २०:३१
104
Shares

काठमाडौं । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। २०५८ सालमा चैत २० गते जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना भएको थियो।

२१ औं स्थापना दिवशका अवसरमा भएका विभिन्न कार्यक्रमको मंगलबार समापन गरिएको छ। जंगी अड्डास्थित सभामण्डलमा प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेका छन्।

स्थापना दिवशको अवसरमा जनसम्पर्क तथा सूचना निर्देशनालय र रक्षा संवाददाताबीच मैत्रिपूर्ण फुटबल समेत भएको छ। सैनिक मैदानमा भएको खेलमा सेनाको टोलीले पत्रकारलाई ७–५ गोल अन्तरले पराजित गर्यो।

खेलको सुरुवातमा पत्रकारको टिमले ४–१ को अग्रता लिएपनि दोश्रो हाफमा सेनाले थप ६ गोल गर्यो। सेनाका लागि सेनानी विदुरध्वज अधिकारी र सेनानी सौगात सिंह राठौरले समान दुई गोल गरे।

महासेनानी सरोजकुमार अधिकारी, सहसेनानी सञ्जय शिलवाल र सिपाही धर्मराज छालाले एक गोल थपे।

पत्रकारका लागि अभिनव जोशीले ४ गोल र कप्तान उजिर कार्कीले १ गोल गरे। जोशीले पहिलो हाफमै ह्याट्रिक पूरा गरे पनि हारबाट जोगाउन सकेनन्।

स्थापना दिवशमा नेपाली सेना लघु चलचित्र, फोटो प्रतियोगिता, फोटो तथा विभिद प्रदर्शनी, सिपाही २०७८ र शिवपुरी जर्नल २०२२ का उत्कृष्ठ लेखलाई पुरस्कृत गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *