एसी मिलानलाई पराजित गर्दै इन्टर फाइनलमा

डिसी नेपाल
७ वैशाख २०७९ ९:३३
36
Shares

काठमाडौं। चिरपरिचित प्रतिद्वन्द्वी एसी मिलानलाई ३-० ले पराजित गर्दै इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। गत महिना मिलान र इन्टरले सेमिफाइनल पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए।

सान सिरोमा खेलको चौथो मिनेटमै मार्टिनेजले गरेको गोलमा इन्टरले अग्रता लियाे। ४०औँ मिनेटमा मार्टिनेजले इन्टरको अग्रता दोब्बर पारेका थिए। खेल सकिन आठ मिनेट बाँकी रहँदा रोबिन गोसेन्सले इन्टरको अग्रता ३-० मा पुर्‍याएका थिए।

मिलानमाथिको जितपछि इन्टर यस सिजन दोस्रो घरेलु उपाधिको संघारमा पुगेको छ। इन्टरले यसअघि सुपरकोपा इटालियाको उपाधि जितिसकेको छ।

सिरी ‘ए’ मा भने इन्टर ६९ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको मिलानभन्दा दुई अंक कम हो। मिलानको भन्दा इन्टरले एक खेल कम खेलेको छ।

इन्टर ११ वर्ष पछि कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । सो फाइनलमा इन्टरले पालेमोलाई ३-१ ले पराजित गर्दै उपाधि जितेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *