ह्वात्तै घट्यो सुनको मूल्य
काठमाडौँ। साताको कारोबारको चौथौ दिन बुधबार सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ६ सय रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज १ हजार ५ सयले घटेर प्रति तोला १ लाख ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको १ लाख १ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला ३५ रुपैयाँले घटेको छ। मंगलबार चण्डी प्रति तोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment