उपकार लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड हुँदै
काठमाडौँ। उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड वैशाख ९ गते (शुक्रबार) हुने भएको छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान ८ बजे आइपिओ बाँडफाँड हुने जनाएको छ।
लघुवित्तको उक्त आइपिओमा २ करोड ७५ लाख ५६ हजार २३० कित्ताको लागि आवेदन परेका छन्। यस आइपिओमा माग भन्दा झन्डै १२५ गुणा बढी आवेदन परेको छ। यो आईपीओ गोलाप्रथामार्फत बाँडफाँट हुनेछ । जसमा २२ हजार ११५ जनाले मात्र सेयर हात पार्नेछन् । भने, बाँकी २४ लाख ९ हजार जनाको भने हात खाली हुनेछ ।
लघुवित्तले गत चैत २५ गतेदेखि चैत ३० गतेसम्म कुल २ लाख ३६ हजार २५० कित्ता आईपीओ बिक्री गरेको थियो । जारी गरेको कुल आइपिओमध्ये ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन् ।







डिसी नेपाल








Facebook Comment