१९ वर्षकी टेनिस गर्लले युएस ओपनमा इतिहास रचेकी थिइन्, अब फ्रेन्च ओपनको तयारी
काठमाडौं । यस वर्षको दोस्रो टेनिस ग्राण्डस्लाम फ्रेन्च ओपन मे १६ बाट सुरु हुँदैछ जुन ५ जुनसम्म चल्नेछ । यसपटक इंग्ल्याण्डकी स्टार खेलाडी एम्मा राडुकानु फ्रेन्च ओपनमा डेब्यु गर्न तयार छिन् । उनले गत वर्ष युएस ओपनमा डेब्यु गर्दा पहिलो ग्राण्डस्लाम उपाधि जितेकी थिइन्।
१९ वर्षीया एम्मा अब यस वर्षको फ्रेन्च ओपनबाट डेब्यु गर्न लागेकी छिन् । फ्यानहरूको नजर उनीमाथि छ र आशा छ कि उनले डेब्युसँगै फ्रेन्च ओपनको उपाधि जितेर दोस्रो पटक इतिहास रच्नेछिन्। उनी दोस्रो ग्राण्डस्लाम उपाधि जित्न कोर्टमा जानेछिन् ।
फ्रेन्च ओपन क्ले (रातो माटो) कोर्टमा खेलिन्छ। पुरुषहरुमा रातो माटोको राजा स्पेनका राफेल नाडाललाई भनिन्छ। उनले १३ पटक एकल उपाधि जितेका छन् । एम्मा राडुकानुले क्ले कोर्टमा पहिलो उपाधि जित्ने तयारी सुरु गरेकी छिन् ।
एम्मा राडुकानु क्ले कोर्टमा खेलिने जर्मन प्रतियोगिता स्टुटगार्टमा सहभागी भइन्। उनलाई यो प्रतियोगिताले क्ले कोर्टमा खेल्ने राम्रो अनुभव दिने विश्वास छ, जुन फ्रेन्च ओपनमा पनि काममा आउनेछ ।
लन्डन गर्लले यो वर्ष क्ले कोर्टमा बढीभन्दा बढी समय बिताउनु पर्ने बताइन् । ‘यसको लागि म निकै उत्सुक छु । म मेरो वरिपरि सबैलाई भन्न चाहन्छु कि क्ले कोर्ट मेरो मनपर्ने कोर्ट हो र म यसमा कुनै पनि प्रकारको खेल जित्न सक्छु।’
एम्मा राडुकानुको जन्म १३ नोभेम्बर २००२ मा टोरन्टो, क्यानाडामा भएको थियो। उनले बेलायतबाट टेनिस करियर सुरु गरेकी थिइन् । उनले २०२१ मा नै आफ्नो पहिलो डब्लुटीए डेब्यु खेल खेलेकी थिइन्।
युएस ओपन जितेपछि एम्मा रादुकानु ४४ वर्षमा पहिलो पटक कुनै ग्रान्डस्लाम जित्ने इङ्ल्यान्डकी पहिलो महिला टेनिस खेलाडी बनेकी छन् । उनले गत वर्ष विम्बल्डनमा पनि डेब्यु गरेकी थिइन् र चौथो राउण्डमा वाइल्ड कार्डसहित प्रवेश गरेकी थिइन् ।







डिसी नेपाल








Facebook Comment