रूस र बेलारूसका खेलाडीलाई विम्बल्डन टेनिस प्रतियोगितामा प्रतिबन्ध

डिसी नेपाल
७ वैशाख २०७९ १६:५७
36
Shares

काठमाडौं । रुस र बेलारुसका टेनिस खेलाडी यस वर्ष विश्वको सबैभन्दा प्रतिष्ठित ग्राण्डस्लाम विम्बल्डन खेल्न पाउने छैनन् । आयोजकहरूले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुस र बेलारुसका खेलाडीलाई यस वर्षको विम्बल्डन खेल्न प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

विश्व नम्बर दुई पुरुष टेनिस खेलाडी रुसका ड्यानिल मेदभेदेव र महिला नम्बर चार बेलारुसकी अरिना साबालेन्का प्रभावित हुने शीर्ष खेलाडी हुन् । यस वर्षको विम्बल्डन प्रतियोगिता जुन २७ देखि जुलाई १० सम्म खेलाइनेछ ।

गत वर्ष साबालेन्का सेमिफाइनलमा पुगेकी थिइन् भने मेदभेदेव चौथो राउण्डमा मात्रै पुग्न सकेका थिए । विश्व नम्बर १५ खेलाडी रुसकी अनास्तासिया पाभल्युचेन्कोभा र बेलारुसकी भिक्टोरिया अजारेन्काले पनि विम्बल्डन गुमाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *