आर्सनलले चेल्सीलाई हरायो

डिसी नेपाल
८ वैशाख २०७९ ८:०२
64
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई ४-२ अन्तरले पराजित गरेको छ। चेल्सीलाई घरेलु मैदानमा पराजित गर्न आर्सनलका लागि एड्डी एनकेटीले दुई तथा एमिल स्मिथ र बुकायो साकाले १-१ गोल गरे।

चेल्सीका लागि टिमो वेर्नेर र सेजर एज्पिलिक्वेटाले सान्त्वना गोल फर्काए। जितसँगै आर्सनल ३२ खेलमा ५७ अंक जोडेर पाँचौ स्थानमा छ । चेल्सी ३१ खेलमा ६२ अंक जोडेर तेस्रो स्थानमा छ।

बुधबार राति नै भएको अर्को खेलमा ब्राइटनलाई ३-० अन्तरले हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान इतिहादमा सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले १-१ गोल गरे।

जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। अघिल्लो रात म्यानचेस्टर युनाइटेडलाई हराउदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको थियो । पराजित ब्राइटन ४० अंक जोडेर दशौँ स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *