फेरि उम्मेदवार बन्न राजीनामा दिए विष्णुपुर गाउँपालिका अध्यक्षले

डिसी नेपाल
९ वैशाख २०७९ ९:०६
196
Shares

सप्तरी। सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले पदबाट राजीनामा दिएका छन्।

२०७४ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसकाबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए। तर ३० वैशाखमा हुने चुनावमा फेरि उम्मेदवारी दिने भन्दै यादवले पूर्वसन्ध्यामा राजीनामा दिएका हुन्।

निर्वाचन आयोगले उम्मेदवार हुन चाहनेले कायम रहेको लाभको पदबाट राजीनामा गर्नुपर्ने प्रावधान कायम गरेका आधारमा उनले राजीनामा दिएका हुन्।

उनले विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरी राजीनामा दिएका छन्। प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवले अध्यक्ष यादवले राजीनामा दिएको जानकारी दिए। अध्यक्ष यादवले सरकारी गाडीसमेत फिर्ता गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.