नेकपा एमाले नयाँ पार्टी कार्यालयमा सर्‍याे

डिसी नेपाल
९ वैशाख २०७९ १४:३७
324
Shares

काठमाडौं। नेकपा एमाले आजबाट आफ्नै भवनमा सरेको छ। थापाथलीस्थित भाडाको घरमा कार्यालय स्थापना गरेको एमाले आजबाट ललितपुरको च्यासलस्थित नयाँ पार्टी कार्यालयमा सरेको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलापत्र अनावरण गर्दै पार्टी कार्यालयको औपचारिक उद्घाटन गरेका छन्। एक वर्षअघि मात्र थापाथलीमा पार्टी कार्यालय राखेको एमालेले आजदेखि च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सरेको हो।

नयाँ पार्टी कार्यालय पाँच वर्षका लागि अनुबन्धित गरिएको हो। त्यसका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानसँग अनुमति मागिएको एमाले उपमहासचिव विष्णुप्रसाद रिमालले जानकारी दिए। वार्षिक रूपमा निश्चित रकम प्रतिष्ठानलाई दिइनेगरी सम्झौता गरिएको उनको भनाइ छ।

नयाँ कार्यालय भवनलाई प्रविधिमैत्री बनाइएको छ। फराकिलो पार्किङ क्षेत्र र आकर्षक बगैँचा रहेको नयाँ पार्टी कार्यालयको भुइँ तलामा कार्यालय सचिवको कार्यकक्ष र स्वागत कक्ष राखिएको छ।

त्यस्तै पहिलो तलामा केन्द्रीय सल्लाहरका परिषद्, संगठन विभाव, प्रचार तथा प्रकाशन विभाग, परराष्ट्र मामिला विभाग प्रमुखसँगै महासचिव र अध्यक्षको कार्यकक्ष राखिएको छ। सोही तलामा पुष्पलाल स्मृति हल पनि बनाइएको छ।

त्यस्तै दोस्रो तलामा केन्द्रीय विभागहरू, सचिवको क्याविन, निर्वाचन आयोग, लेखा आयोग, अनुशासन आयोगका प्रमुखसँगै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, उपमहासचिवका कार्यकक्ष पनि बनाइएको छ।

सबैभन्दा माथिल्लो तलामा अध्यक्षको कार्यकक्ष बनाइएको छ। त्यस्तै उपाध्यक्ष र महासचिवको कार्यकक्ष पनि सबैभन्दा माथिल्लो तलामा बनाइएको छ। पश्चितपट्टी बनाइएको हलबाट अध्यक्षले लाइभ सम्भोधन गर्ने व्यवस्था मिलाइएको छ। अत्याधुनिक सूचना प्रविधिको विकास गरेर बनाइएको उक्त हलबाट पार्टी अध्यक्षले लाइभ सम्बोधन गर्ने रिमालको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.