शासक तानाशाह र दमनमा उत्रिएपछि विद्रोहको सुरुवात भयोः केपी ओली
काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी ओलीले समाजको विकास क्रमको व्याख्या गर्दै शासक दमनमा उत्रिएपछि विद्रोह हुने क्रम सुरु भएको बताएका छन् ।नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले शासक दमनमा उत्रिएपछि आवश्यकताले विद्रोह जन्मिँदै आएको बताए ।
‘पहिले शासनका लागि संगठनहरु बन्न थाले । जब शासनहरु तानाशाह हुन थाले, दमनकारी हुन थाले । र समुदायभित्र नै एउटा शासक, अर्को शासित । एउटा मालिक, अर्को दासको प्रचलन सुरु हुन थाल्यो । त्यसपछि विद्रोहको आवश्यकता भयो,’ ओलीले भने ।
राज्य तानाशाह र दमनकारी अब रहन नसक्ने भन्दै उनले तानाशाह र दमनकारीविरुद्ध जनता उत्रिने बताए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment