दिक्तेल नगरमा एमालेको सर्वसम्मत उम्मेदवार सिफारिस

डिसी नेपाल
१० वैशाख २०७९ ८:५०
136
Shares

खोटाङ। नेकपा एमाले खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर र उपमेयरको उम्मेद्वार सर्वसम्मत टुंगो लगाएको छ। नगर कमिटीले मेयरको उम्मेद्वारमा कुमार आचार्य र उपमेयरमा बिणादेबी राईलाई सिफारिस गरेको हो।

नगर कमिटीको सिफारिसलाई जिल्ला कमिटीले अनुमोदन गर्दै प्रदेश कमिटीसमक्ष सिफारिस गरेको छ। मेयरको उम्मेद्वारमा सिफारिस आचार्य एमाले जिल्ला कमिटी सचिव हुन्। उनी २०७४ सालको निर्वाचनमा मेयरकै दावेदार थिए । उपमेयरका उम्मेद्वार राई दोश्रो कार्यकालका लागि उठ्न लागेकी हुन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा उम्मेदवार चयन गर्न एमाले पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको नेतृत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको थियो।

कार्यदलमा केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई, केन्द्रीय सदस्य रमेश पौडेल, अनुशासन आयोगका सचिवालय सदस्य कर्ण घले, प्रदेश सचिवालय सदस्य पिके राई (पाँचकर्ण), प्रदेश सचिवालय सदस्य हरि पोखरेल, प्रदेश सचिवालय सदस्य इन्द्र दंगाल, एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाललगायत छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.