काठमाडौंको मेयरमा तीन जना कलाकारको दावी

डिसी नेपाल
१० वैशाख २०७९ १०:०४
660
Shares

काठमाडौं। मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा तीनजना कलाकारले भावी मेयरका लागि उम्मेदवारी दावी पेश गर्ने भएका छन्।

आइतवारदेखी सुरु हुने उम्मेदवार मनोनयनका लागि मदनदास श्रेष्ठ, गायक तथा र्‍यापर बालेन शाह र पूर्व मिस नेवा: तथा मोडेल सुनिता डंगोलले भावी मेयरका लागि दावी प्रस्तुत गर्न लागेका हुन्।

राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको मेयरका लागि पुराना कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरिसकेको छ भने र्‍यापार शाहले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्।

मोडेल तथा मिस नेवा: डंगोलले पनि युवाको प्रतिनिधित्व गर्दै काठमाडौंको भावी मेयरका लागि आफनो दावेदारी प्रस्तुत गर्दैँ आएकी छिन्। बरिष्ठ कलाकार श्रेष्ठले राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिने भए पनि र्‍यापर शाह र मोडेल डंगोलले स्वतन्त्र उम्मेदवारी दिदैँ छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.