वर्गीय रुपमा फरक भएपनि लोकतन्त्र र राष्ट्रियता बचाउन कांग्रेससँग गठबन्धन आवश्यकः देव गुरुङ

डिसी नेपाल
१० वैशाख २०७९ ११:५३
304
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले वर्गीय रुपमा आफ्नो पाट्री र नेपाली कांग्रेस फरक भएपनि लोकतन्त्र र राष्ट्रियता बचाउन कांग्रेससँग गठबन्धन आवश्यक रहेको बताएका छन्।

नेकपा एमाले कम्युनिष्ट पार्टी भएपनि लोकतन्त्र मास्ने काम गरेको र कांग्रेस पूँजीवादी नै भएपनि देशको लोकतन्त्र बचाउन लागेको कारण सत्ता गठबन्धन हुँदै चुनावी गठबन्धनसम्म भएको गुरुङको भनाई छ।

डिसी नेपालको ‘ब्रिज टक’ कार्यक्रममा बोल्दै गुरुङले भने ‘प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संविधान भत्काउने जुन प्रयास भयो, अदालतलाई दुरुपयोग गर्ने जुन प्रयास भयो। यो त व्यवस्था भत्काउने कुरा हो नि त।’

‘व्यवस्था भत्कनासाथ द्वन्द्व अनिवार्य छ। द्वन्द्व हुन वित्तिकै संकटकाल अनिवार्य छ। संकटकाल हुनसाथ विदेशी सेना आउने पक्का छ। सामान्य अवस्थामा पनि विदेशी सेना आउने कसरत अभियान चलेको अवस्था छ।’

‘त्यसकारण द्वन्द्व निम्तियो भने विदेशीको लागि ढुंगा खोज्दा देउवा पाएजस्तो हुन्छ। त्यसैले त्यो बाटोमा हिड्नु हुँदैन भन्ने हाम्रो मान्यता हो। ओलीजी त्यही बाटोमा हिड्नु भएको थियो’गुरुङले भने।

त्यसैले बामपन्थी भएपनि ओलीहरु देश सिध्याउनतिर लागेपछि कांग्रेससँग गठबन्धनको आवश्यक रहेको उनको तर्क छ।

भिडियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.