उम्मेदवार छान्न समेत माओवादी केन्द्र रसुवाले गर्यो मतदान

डिसी नेपाल
१० वैशाख २०७९ १४:४०
156
Shares

रसुवा।नेकपा माओवादी केन्द्र रसुवाले उम्मेदवार छान्न मतदान गरेको छ । उम्मेदवारका आकांक्षी धेरै भएपछि कालिका गाउँपालिकामा उम्मेदवार छनौटका लागि मतदान गरिएको हो ।

गाउँपालिकाको अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको नेकपा माओवादी केन्द्र रसुवाका संयोजक मेघनाथ घिमिरेले जानकारी दिए । गाउँपालिका अध्यक्षमा सहमति हुन नसकेपछि मतदान गरिएको उनले बताए । मत परिणामअनुसार तामाङले ३४ र देवकोटाले १८ मत प्राप्त गरेका छन् । जम्मा ५२ मत खसेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.