विराटनगरमा जसपाबाट मेयरका आकांक्षीले पार्टी छाडे, स्वतन्त्र उम्मेदवारी दिने
मोरङ । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। उहाँले आज आयोजित पत्रकार सम्मेलनमा पार्टीको साधारण सदस्य पदमा नरहने गरी पार्टी छाडेको जानकारी दिए। यादवले अन्य कुनै पार्टीमा प्रवेश नगर्नेसमेत जनाए।
मोरङका प्रभावशाली नेता रहेका यादवले विराटनगरमा पार्टी बलियोे अवस्थामा हुँदासमेत गठबन्धन गरी महानगरपालिकाको प्रमुख पदमा छाडेकामा विरोध गरे। उनले पार्टीले महानगर प्रमुखमा जित्ने अवस्थामा रहँदा रहँदै प्रमुख पद छाडेको विरोधस्वरूप पार्टी त्याग गरेको जानकारी दिए।
नेता यादवले गठबन्धनबाट कार्यकर्तालाई ठूलो धोका भएको चर्चा गर्दै आइतबार महानगर प्रमुखको पदमा स्वतन्त्ररूपमा उम्मेदवारी दिने घोषणासमेत गरे। यादवले विसं २०७४ महानगरको निर्वाचनमा जसपाबाट महानगर प्रमुख पदमा उम्मेदवारी दिई तेस्रो स्थान ल्याएका थिए।







डिसी नेपाल








Facebook Comment