नेपालगञ्जमा माओवादी केन्द्रले गर्‍यो एक्लै चुनाव लड्ने घोषणा (विज्ञप्तिसहित)

डिसी नेपाल
१० वैशाख २०७९ २०:०४
140
Shares

नेपालगञ्ज । नेकपा माओवादी केन्द्रले नेपालगञ्ज उपमहानगरको निर्वाचनमा मेयर, उपमेयर र २३ वटै वडामा एक्लै निर्वाचन लड्ने निर्णय गरेको छ ।

गठबन्धनले माओवादीलाई मेयर उपमेयर केही पनि नदिएको अवस्थामा वडामा समेत काँग्रेस र जनता समाजवादी पार्टीले आफुहरुलाई राम्रो ठाउँ नदिएको जनाउँदै सबै पदमा उम्मेदवारी दिएर एक्लै निर्वाचनमा होमिने निर्णय गरेको हो ।

मेयर,उपमेयर र सबै वडाहरुमा एकल उम्मेदवारी दिने निर्णय गरिएको माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरपालिका कमिटीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।

शनिबार उक्त पार्टीका नेपालगञ्ज उपमहानगर कमिटीका अध्यक्ष रतन शाहीले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘अन्य दलहरु गठबन्धनको मुल स्प्रिट विपरित वडाहरुमा एक्लै चुनावमा जाने भनिसकेपछि माओवादी केन्द्र पनि नेपालगञ्ज उपमहानगरका २३ वटै वडामा एक्लै निर्वाचन लड्ने घोषणा गर्दछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.