निर्वाचनको नाममा भएको सिद्धान्तहीन गठबन्धन गलतः सुनिल प्रजापति
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनको नाममा भएको सिद्धान्तहीन गठबन्धन गलत भएको धारणा राखेका छन्।
निर्वाचन सिद्धान्त र विचारको लडाई भएको भन्दै तर ठूला राजनीति दलले विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर जित्नकै लागि गठबन्धन गरेको बताए।
निर्वाचन घोषणापत्रको लडाइँ भएको उल्लेख गर्दै ठूला भनिएका सरकारमा गएका पार्टीहरू निर्वाचन घोषणापत्रको लडाई हो भने राजनीति शास्त्रको परिभाषालाई गलत बनाइदिएको बताए। राजनीति देश र जनताको सेवाका लागि हुनुपर्नेमा राजनीतिलाई ती ठूला दलहरूले पैसा कमाउन माध्यम बनाएको आरोप लगाए।
सेवा निवृत्त शिक्षक समाज भक्तपुरले शनिबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले विचार र सिद्धान्त फरक भए पनि जित्नकै लागि भागबन्डा हुनु दुर्भाग्यपूर्ण रहेको बताए। उनले ती दलहरू सिद्धान्त र विचारको लडाई नभई निर्वाचनलाई भाग पाउने रूपमा लिएको भन्दै रोष प्रकट गरे।
राजनीति भागबन्डामा सीमित भएको भन्दै उनले चिन्ता व्यक्त गरे। निर्वाचनसँगै सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर ठूला राजनीतिक दलले गठबन्धन गरेको भन्दै उनले ती दल भागबन्डामा सीमित भएको उनले बताए।







डिसी नेपाल








Facebook Comment