पाँचथर कांग्रेसमा भाँडभैलो, कार्यालयमा ताला
फिदिम। नेपाली कांग्रेस जिल्ला कार्यसमितिले कार्यकर्ता र मतदाताको भावनाविपरीत ५ दलीय गठबन्धन गर्ने निर्णय गरेको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। फिदिम नगरपालिकामा यसअघिको निर्वाचनमा कांग्रेसको एकल बहुमत थियो।
कांग्रेस सस्थापन इतर समूहले संस्थापन पक्षले असीमित रुपमा पेल्न थालेपछि वाध्य भएर पार्टीको जिल्ला कार्यालयमा ताला लगाउनु परेको जनाएको छ।
पार्टी सभापति रुपनारायण जबेगूले पार्टी कार्यालयलाई बेवास्ता गर्दै फिदिमका होटलहरुमा गुटको भेला राखेर अनुचित निर्णय गरिरहेको र त्यसलाई रोक्न माग गर्दा सुनुवाई नभएपछि प्रस्ट रुपमा बिरोधमा उत्रनु परेको एक नेताले बताए। ती नेताका अनुसार संस्थापन र संस्थापन इतर समूहबीच कुटाकुट हुनेअवस्था पनि छ।
फिदिम नगरमा भने संस्थापन इतर समूहको बहुमत छ । नगर सभापति तथा वडा ४ का वडाअध्यक्ष प्रकाश गुरुङले ्छ दलीय गठबन्धन कार्यकर्ता र मतदाताले नरुचाएकोले गठबन्धन नगर्ने निर्णय गरिसकेको छ।
पार्टी सभापति जबेगू र अन्य नेताहरु पछिल्लो समय सम्पर्कमा आउन चाहेका छैनन्। उनीहरु फोन पनि नउठाउने गुनासो फदिम– १४ का गणेशबहादुर बान्तवाले गुनासो पोखे। उनी सोही वडाका निर्वाचित वडा सदस्य पनि हुन्।
यसैबीच कुम्भायकको वडा १ का ३६ जना कृयाशील सदस्यले सामूहिक राजीनामा दिएका छन्। कांग्रेस वडा १ का सभापति लैनबहादुर तामाङले विज्ञप्ति जारी गर्दै अब कांग्रेसमा नरहने उल्लेख गरेका छन्।








डिसी नेपाल








Facebook Comment