काठमाडौं महानगरपालिकामा कांग्रेस, माओवादी र नयाँशक्ति तीन दलकोभन्दा बढी मत एमालेको

डिसी नेपाल
११ वैशाख २०७९ १२:२८
116
Shares

काठमाडौं।२०७४ सालामा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यले जितेको थिए । उक्त निर्वाचनमा एमालेका उम्मेदवार शाक्यले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति पार्टी तीन दलले प्राप्त गरेको कूल मतभन्दा बढी मत प्राप्त गरेका थिए ।

शाक्यले २०७४ सालको स्थानीय निर्वाचनमा कूल ६४ हजार ९१३ मत प्राप्त गरेका थिए । मेयरमा कांग्रेसका उम्मेदवार राजुराज जोशीले ४५ हजार २६९, माओवादी केन्द्रका उम्मेदवार सर्बोत्तम दास डंगोलले ७ हजार ९०६ र नयाँशक्ति पार्टी, नेपालले ६ हजार ५० मत प्राप्त गरेका थिए । सो निर्वाचनमा मेयरमा एमाले एक्लैले कांग्रेस, माओवादी र नयाँशक्ति पार्टीले ल्याएकोभन्दा ५ हजार ६८७ बढी मत ल्याएको थियो ।

२०७४ सालको स्थानीय निर्वाचनमा विवेकशील नेपाली दलकी मेयरकी उम्मेदवार रन्जु न्यौपाने र मेयरका स्वतन्त्र उम्मेदवार किशोर थापाले माओवादी र नयाँशक्ति पार्टीको उम्मेदवारकोभन्दा निकै बढी मत पाएका थिए । न्यौपानेले २३ हजार ४३९ र थापाले १८ हजार ४९६ मत प्राप्त गरेका थिए ।

अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौंको मेयरमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल भएको थियो।२०७४ सालमा काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गी विजयी भएकी थिइन् । उनले ५८ हजार ९५२ मत प्राप्त गरेकी थिइन् ।

उक्त निर्वाचनमा काठमाडौंको उपमेयरमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ३४ हजार ८५४, स्वतन्त्र उम्मेदवार निरुपमा यादवले ११ हजार ५३३, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुशिला कुमारी पौडेलले १० हजार ४४८ र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार सबना अर्याल ९दबाडी० ३ हजार ४९३ मत प्राप्त गरेका थिए ।

निर्वाचन आयोगका अनुसार २०७४ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा २ लाख ७९ हजार ३०९ जना मतदाता रहेका थिए ।चिर्वाचनमा १ लाख ९७ हजार २२७ अर्थात ७०।६ मत खसेको थियो । खसेको मतमध्ये १ लाख ६७ हजार २८६ मत बदर भएको थियो । पूर्णरुपमा बदर मत ६ हजार १८३ रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.