भरतपुर महानगरको मेयरमा नेमकिपाका दुलालले सुरुमै गरे मनोनयन दर्ता

डिसी नेपाल
११ वैशाख २०७९ १३:०२
112
Shares

चितवन। भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का हरिप्रसाद दुलालले मनोनयन दर्ता गराएका छन्। मनोनयन दर्ताको पहिलो दिन सुरुमै दुलालले महानगरको प्रमुख पदमा मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए।

उनले बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन्। ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निर्वाच आयोगले आज र भोलि उमेदवारको मनोनयन दर्ता गर्दै छ।

दुलालको प्रस्तावकमा रविनकुमार प्रधान र समर्थकमा श्यामकृष्ण खयरगोली छन्। नेमकिपाबाट महानगरको उपमेयरमा कसैले पनि उमेदवारी दर्ता गरेको छैन।

दुलालपछि राष्ट्रिय जनमुक्ति पार्टीका ज्ञानबहादुर गुरुङले महानगरको मेयरमा उम्मेदवारी दर्ता गरे। उनको प्रस्तावकमा टेकबहादुर मगर र समर्थकमा रविन्द्र सिंह गुरुङ छन्।

जनमुक्ति पार्टीकी मिना थापा मगरले उपमेयरमा मनोनयन दर्ता गरेकी छन्। उनको प्रस्तावकमा विमला राना र समर्थकमा सुमित्रा राना छन् । राष्ट्रिय दलको मान्यता प्राप्त गरेको नेकपा एमाले र सत्ता गठबन्धनका दलले भोलि मात्र मनोनयन दर्ता गर्ने तयारी गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.