पुरानो दलको राजनीतिक ‘सिन्डिकेट’तोड्न मेरो उम्मेदवारः बालेन शाह

डिसी नेपाल
११ वैशाख २०७९ १३:२२
116
Shares

काठमाडौं। र्‍यापर बालेन शाहले काठमाडौं महानगरपालिकाको नगर प्रमुख (मेयर) मा स्वतन्त्र उम्मेदवार दर्ता गरेका छन्। महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभा गृहमा शाहले आफ्नो उम्मेदवार दर्ता गरेका हुन्।

उम्मेदवार दर्ता प्रक्रिया सकिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शाहले पुरानो दलको राजनीतिक ‘सिन्डिकेट’तोड्न आफ्नो उम्मेदवार रहेको बताएका छन्।

उनले भने, ‘हाम्रो देशमा राजनीतिक दलको सिन्डिकिट रहेको छ। दलबाट उम्मेदवार हुँदा पार्टीका कार्यकर्तालाई खर्च गर्नुपर्ने,नेताको चाकडि गर्नु पर्ने,निर्वाचित भएपछि जनप्रतिनिधिले गल्ती नै गरेभने पनि आफ्नो पार्टीको भएकाले कारबाही गर्न अफ्टेरो हुने यस्ता धेरै समस्या भएका कारण मैले स्वतन्त्र उम्मेदवार दिँदै राजनीतिक दलको ‘सिन्डिकेट’तोड्न चाहन्छु।’

शाहले काठमाडौं महानगरको उम्मेदवार दिने घोषणा गरेयता सामाजिक सञ्जालमा निकै चर्चा भएको छ।शाह युवा माझ लोकप्रिय मानिएका छन्। उनी राष्ट्रिय झण्डा ओडेर निर्वाचन अधिकृतको कार्यलय पुगेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.