विवेकशील साझाबाट विराटनगरको प्रमुख र भरतपुरको प्रमुखरउपप्रमुखको उम्मेदवार टुङ्गो
काठमाडौं।विवेकशील साझा पार्टीबाट विराटनगर महनगरपालिकाको प्रमुख पदका उम्मेदवार अमलेश कर्ण हुने भएका छन् । उनको उम्मेदवारी दर्ता हुन भने बाँकी छ ।उनी पार्टी केन्द्रीय सदस्य हुन् । २०७४ सालको निर्वाचनमा कर्ण मोरङको क्षेत्र नम्बर–४ का उम्मेदवार थिए ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले कर्णलाई प्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।भ्रष्टाचारविरोधी अभियानमा उनी जोडिँदै आएका छन् । बीबीएसम्मको अध्ययन पूरा गरेका उनको संलग्नता सामाजिकसँगै खेलकुदसम्बन्धी संघसंस्थामा पनि रहँदै आएको छ ।
बैठकले चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा प्रवीण काफ्लेलाई र उपप्रमुखमा पुष्पा सापकोटालाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ ।२८ वर्षीय काफ्ले मेकानिकल इन्जिनियर हुन् । ‘तातो भात’ अभियानका योजनाकारमध्येका उनी एक हुन् । अभियानमार्फत् काफ्लेलगायतले २८ दिनसम्म भरतपुरमा कोभिड संक्रमित विरामीका कुरुवाहरूलाई निःशुल्क खाना खुवाएका थिए ।
उपप्रमुख पदमा उम्मेदवार बन्ने भएकी सापकोटा पार्टी केन्द्रीय सदस्य हुन् । उनी महिला सशक्तिकरण, शिक्षा र स्वास्थ्य क्षेत्रकी अभियन्ता हुन् । स्वास्थ्य तथा जनसंख्या विषयमा उनले स्नातकोत्तर गरेको प्रवक्ता पाठकले बताए







डिसी नेपाल








Facebook Comment