कालीकोटको तिलागुफा नगरपालिकामा कांग्रेसको उम्मेदवारी दर्ता
सुर्खेत। कालीकोटको तिलागुफा नगरपालिकामा सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेसले एकल उम्मेदवारी दर्ता गरेको छ । आइतवार नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शंकरप्रसाद उपाध्यायले मेयरमा र वसन्तीसिंह शाहीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
तिलागुफा नगरपालिकामा नेपाली कांग्रेस नगर कार्यसमितिले एकल निर्वाचन लड्ने गरेको निर्णयअनुसार आइतबार मनोनयन दर्ता गरिएको नेपाली कांग्रेस कालीकोट जिल्ला सदस्य सत्यबहादुर शाहीले बताए ।नगरपालिकाका ११ वटै वडामा कांग्रेसले उम्मेदवारी दर्ता गर्ने उनले जानकारी दिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment