स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दाः ललितपुर महानगरपालिकामा कांग्रेस झिनो मतान्तरले विजयी

डिसी नेपाल
११ वैशाख २०७९ १४:१८
24
Shares

काठमाडौं। २०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन विजयी भएका थिए । उनले निर्वाचनमा २४ हजार ६४२ मत प्राप्त गरेका थिए ।निर्वाचनमा दोस्रो ठूलो मत नेकपा एमालेका मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले प्राप्त गरेका थिए । उनले २४ हजार ३१६ मत प्राप्त गरेका थिए ।

गत स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयर पदमा कांग्रेस र एमालेका उम्मेदवारबीच मात्र ३२६ मतको फरक रहेको थियो ।२०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दिनेश महर्जनले १० हजार ६६१, स्वतन्त्र उम्मेदवार रमेश महर्जनले १३ हजार ४५८ मत प्राप्त गरेका थिए ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा ललितपुरमा उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार गिता सत्याल विजयी भएकी थिइन् । उनले १९ हजार ८१९ मत प्राप्त गरेकी थिइन् ।

सोही निर्वाचनमा ललितपुरमा उपमेयर पदमा उम्मेदवारी दिएका नेकपा ९माआवादी केन्द्र०को उम्मेदवार हसिना शाक्यले १२ हजार ९७९, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बाबुकाजी प्रधानले १० हजार ५४० र स्वतन्त्र उम्मेदवार शोभा शाक्यले १४ हजार २४० मत प्राप्त गरेका थिए ।

२०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकामा कूल मतदाता १ लाख १२ हजार ९२३ जना रहेका थिए । कुल मतदातामध्ये ८७ हजार ४८ मत अर्थात ७७।१० प्रतिशत मत खसेको थियो । खसेकोमध्ये ७० हजार २४८ मत सदर भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.