कांग्रेस बकैयाले गठबन्धन नगर्ने
हेटौंडा। नेपाली कांग्रेस बकैया गाउँपालिकाले गठबन्धन नगर्ने निर्णय गरेको छ। आइतबार जिल्ला पार्टी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै बकैया गाउँपालिकाको सबै वडामा मित्रवत् प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।
गठबन्धन गर्दा कांग्रेसलाई अल्पकालीन फाइदा भए पनि दीर्घकालीन रुपमा कम्युनिष्ट विस्तारलाई मलजल गरि नेपालको लोकतान्त्रिक आन्दोलनालाई खुम्च्याउने अवस्था आउने विज्ञप्तिमा उल्लेख छ।
गाउँपालिकाका कार्यसमितिको सबै पदाधिकारी र १२ वटै वडाका सभापतिहरूको हस्ताक्षरित विज्ञप्तिमा कुनै दलसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्णय स्थानीय समितिले गर्ने हुनाले मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय गरिएको उल्लेख छ।
कांग्रेस बकैया गाउँपालिकाका सभापति दिलबहादुर बोम्जन लामाले आम कार्यकर्ताको अनुरोधमा गठबन्धन नगर्ने निर्णय गरिएको बताए।







डिसी नेपाल







Facebook Comment