इलाम र देउमाई नगरपालिकामा कांग्रेसले उम्मेदवार टुंग्यायाे

डिसी नेपाल
११ वैशाख २०७९ १५:३६
84
Shares

इलाम। इलामको चारमध्ये दुई नगरपालिका आफ्नो भागमा लिएको नेपाली कांग्रेसले नगर प्रमुखको उम्मेदवार टुंग्याएको छ।

सत्तारुढ गठबन्धनबाट इलाम नगरपालिकाको प्रमुखमा केदार थापा र देउमाई नगरपालिका प्रमुखमा होम दुलालको नाम टुंगाे लागेको छ । इलाम नगरपालिकाको उपप्रमुखमा कांग्रसकै विष्णु दाहालकाे नाममा सहमति जुटेकाे छ।

देउमाई नगरपालिकाको उपप्रमुख भने माओवादी केन्द्रले पाउने भएको छ । गठबन्धनमा सूर्योदय नगरपालिकाको प्रमुख एकीकृत समाजवादीले पाउने छ। सूर्योदयको प्रमुखमा निवर्तमान प्रमुख रणबहादुर राई दोहोरिने छन् । सूर्योदयको उपप्रमुखमा कांग्रेसका दुर्गा बरालको नाममा टुंगाे लागेको छ।

इलामको माई नगरपालिका माओवादी केन्द्रको भागमा परेको छ। माओवादीले उम्मेदवार टुंगाे लगाएको छैन । माईको उपप्रमुखमा कांग्रेसकै हेमकुमार लिम्बूले उम्मेदवार बन्ने भएका छन्। कांग्रेसले पाएको अन्य गाउँपालिकाको भने उम्मेद्वार टुंगाे लागिसकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.