विराटनगरको मेयरमा रामचन्द्र गौतमको उम्मेदवारी

डिसी नेपाल
११ वैशाख २०७९ १७:०७
336
Shares

विराटनगर । मोरङ विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेस ९बिपी०बाट रामचन्द्र गौतमले उम्मेदवारी दर्ता गर्ने भएका छन्।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आइतबारबाट सुरु भएको उम्मेदवार मनोनयन दर्ता सोमबारसम्म चल्नेछ। विराटनगर–३ का गौतमले सोमवार उम्मेदवार मनोनयन दर्ता गर्ने जानकारी दिए।

उपमेयरसहित वडाका लागि आइतबार नै उम्मेदवारको नाम टुंग्याएर सोमबार दर्ता गर्ने तयारी गरेको नेता गौतमले बताए।

राजनीतिक शास्त्रमा अध्ययन गरेका ६७ वर्षीय गौतम नेपाल प्रजातान्त्रिक महासंघ मोरङका अध्यक्षसमेत हुन्। उनी जिल्ला सहकारी संघ मोरङका सल्लाहकार र राष्ट्रिय सहकारी बैंक विराटनगरका सल्लाहकार समेत हुन्।

विराटनगर महानगरपालिकाको विकास र समृद्धिमा आफ्नो जीवन समर्पित गरेको दाबी गर्ने गौतमले आधुनिकशैली महानगरको विकास गर्ने उद्घोषसहित उमेदवारी दिएको बताए।

बिपी कोइरालाको विचार र सिद्धान्त अहिले पनि सान्दर्भिक रहेकाल बीपीको विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्ने गौतमले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.