ललितपुरमा गठबन्धन टुटयो, नेकपा एसले गर्‍यो उम्मेदवारी दर्ता

डिसी नेपाल
११ वैशाख २०७९ १८:२५
920
Shares

काठमाडौं । ललितपुरमा सत्तारुढ गठबन्धन टुटेको छ। नेकपा एकीकृत समाजवादी पार्टी ललितपुरमा गठबन्धनबाट बाहिरिएको छ ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेपनि गठबन्धन टुटेपछि एकीकृत समाजवादी बाहिरिएको हो ।

नेकपा एसले ललितपुर महानगरपालिकामा उम्मेदवारी दर्ता गरेको छ । मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्य उम्मेदवार बनेका हुन् ।

नेकपा एसले महालक्ष्मी नगरपालिका र महाकाल गाउँपालिकामा मेयरको दाबी गरेको थियो । तर, माओवादी त्यसमा तयार नभएपछि गठबन्धनबाट एकीकृत समाजवादी बाहिरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.